सहकारी सम्बन्धी सामान्य जानकारी गराउन अनुमति चाहान्छु ।


हामी नेपाली भु.पू. सैनिक संगठन पश्चिमाञ्चल नेपालमा आबद्ध सदस्यहरुको सवै क्षेत्रको बृहत्तर उत्थान गर्नको निमित्त भू.पू. सैैनिकहरुको आर्थिक सम्बृद्धिकोलागी सहकारीको माध्यम बाट अगाडी बढन सकिने कुराको निक्र्यौल गरी हामी सम्पूर्ण सदस्यहरुको राय सुझाव अनुसार जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीमा गई छलफल गरी कास्की जिल्ला सहकारीका प्रशिक्षक अधिकृतबाट प्रशिक्षण लिई अ.प्रा.प्र.से.श्री उद्दिम बहादुर गुरुङ्ग को अध्यक्षतामा ११ सदस्य तदर्थ समिति र ३ सदस्यीय लेखा समिति गठन गरी नियमानुसार बिधान तयार गरी मिति २०७२ साल असार १४ गते संस्थागत आधारमा नेपाली भू.पू.सैनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ४ कास्की बिधिवत रुपमा दर्ता भै दर्ता नम्बर ९६३।०७१।०७२ रहेको छ ।

संस्थालाई संस्थागत गर्दै जाने क्रममा हामीले संस्थाको लागी आबश्यक कार्यलय, कर्मचारी लगायत फर्निचर ,स्टेशनरीका सामान लगायतको व्यबस्था गर्दै शेयर सदस्यहरु बृद्धि गर्दै सरोकारवाला सँग समन्वय राख्दै अगाडीबढने क्रमलाई निरन्तरता दिईरहेका छौ । गत बर्षमा कुनैपनि कारोबार नभएपनि संस्थाको नियम अनुसार आर्थिक बर्ष २०७१।०७२ को लेखा परिक्षण गरी प्रथम साधारण सभाबाट अ.प्रा.प्र.से.श्री उद्दिम बहादुर गुरुङ्गज्यूको अध्यक्षतामा ११ सदस्य कार्य समिति सर्बसम्मत भएको कुरा यहाँहरु लाई सर्वविदित्तै छ ।
नेपाली भू.पू. सैनिक बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्यज्युहरु हामी वीच सहकार्य एवं सहयात्राको भावना जगाउँदै हामीहरु वीच छरिएर रहेको श्रोत एवं साधनलाई एकीकृत गर्दै हाम्रा दैनिक आर्थिक क्रियाकलापहरुलाई सरल,सहज एवं वढी उपलब्धीमुलक बनाउँदै लैजाने र विभिन्न प्रकारका बस्तु एवं सेवाहरुको उत्पादन समेत गर्ने उद्देश्यले विधिवतरुपमा नेपालकै ईतिहासमा मिति २०७२ असार १४ गतेका दिन सहकारी डिभिजन कार्यालय कास्कीमा नेपाली भू.पू. सैनिकहरुको संगठनबाट संस्थागत आधारमा नेपाली भू.पू. सैनिक बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेड दर्ता भएको स्मरण गराउन चाहान्छु । आज सम्पुर्ण शेयरधनी महानुभावहरुको सहयोग एवं सद्भाव र कर्मचारीहरुको कार्यकुशलताका कारणले छोटो समयमानै राम्रो फड्को मार्न सफल भएका छौ ।

२०७२ असाढ मसान्त सम्ममा नेपाली भू.पू. सैनिक संगठन पश्चिमाञ्चल नेपालमा आबद्ध रहनुभएका सदस्यहरु हाल नेपाली भू.पू. सैनिक बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १२९ जना सदस्यज्यूहरु यस सहकारी संस्थाका शेयरसदस्यहरुको रुपमा आवद्ध हुनुहुन्छ । करीव ९ नौ महिना कारोवार गरिसकेको यस सहकारीले आफ्ना छाता संगठनहरु जिल्ला सहकारी संघ लि., राष्ट्रिय सहकारी बैंक समेतको सदस्यता प्राप्त गरी वेलावेलामा विभिन्न तालिम गोष्ठी एवं अधिवेशन जस्ता कार्यक्रमहरुमा सहभागी हुदँै आएको छ ।

२०७२ साल अषाढ मसान्तसम्मको हाम्रो सहकारीको वस्तुस्थितीलाई लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदनवाट स्पष्ट बुझ्न सकिनेछ तथापी खाता संचालनको सम्वन्धमा भन्नुपर्दा उक्त अबधिसम्ममा सहकारीको शेयरहोल्डर मासिक बचत खाता १२९, साधारण बचत खाता ४००, भू.पू.सैनिक पेन्सन बचत खाता २३ व्यवशायिक बचत खाता २९, मुद्दतीखाता ८ गरी जम्मा ५८९ खातावाट बचत संकलन गर्न सफल भएको यस सहकारीको शेयर पुँजी रु.५३,५५०००।०० पुगेको छ । जस मध्ये ३६ लाख १५ हजार गत बर्षको भन्दा पुँजी बृद्धिको यस बर्षमा भएको छ । भने ४६,४५,००० प्रकृयामा अगाडि बढेको छ । तर पुरा नभएकोले अग्रीम प्राप्तिको रुपमा देखिएको छ । यो पुँजी बृद्धि भएमा हाम्रो पुँजी निकट भविष्यमा नै रु. १,००,००,०००,। को हनेछ । अघिल्लो आ.ब.मा जम्मा शेयर पुँजी रकम रु. १७,४०,०००।०० मात्र रहेको थियो ।